TwitterFacebookGoogle+

Category Archives: Nepalgunj

प्रदेश नं. ५ को बजेट खर्च सन्तोषजनक

  • Written by:

बुटवल २० साउन/ कोभिड—१९ ले सिर्जना गरेको असहज अवस्थाका बाबजुद प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा तीन दिनसम्म चलेको वार्षिक प्रगति समीक्षाबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले सरकारले पूँजीगत तर्फ ७९ दशमलव…

Read more

विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ

  • Written by:

बाँके, २० साउन/ सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार…

Read more

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • Written by:

बाँके १८ साउन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आईतबार देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य…

Read more

बाँकेमाआज देखि तीन दिने निषेधाज्ञा जारी

  • Written by:

बाँके १८ साउन/ समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेमा आज (आइतबार) देखि लागू हुने गरी ३ दिने निषेधाज्ञा जारी गरिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिएका छन । बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना…

Read more

आज ‘बकर इद’

  • Written by:

नेपालगञ्ज १७ साउन/ इस्लाम धर्मावलम्बीले बकरिद (इदु उल अजहा) शनिबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई…

Read more

यी हुन् बाँके दुर्घटनाका घाइतेहरु ( अपडेट)

  • Written by:

बाँके १९ जेठ/ पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना हुँदा घाईते भएका सबैजनाको परिचय खुलेको छ । मृतक भने गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी बाहेक अन्य १२ जनाको को सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट…

Read more

बाँके दुर्घटनामा १२ जनाको मृत्यु,२१ गम्भीर घाइते

  • Written by:

बाँके, १९ जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।…

Read more

नरैनापुर अनिश्चितकालका लागि शिल, बाँके जिल्ला भर संक्रमितको संख्या ९२

  • Written by:

राँझा (बाँके) ६ जेठ / बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी…

Read more

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

  • Written by:

बाँके , ५ – जेठ/  बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड)१९  को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पतालले जनाएको छ। आइतबार…

Read more

बाँकेको नरैनापुर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

  • Written by:

बाँके ४ जेठ/ बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज(आइतबार)  मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com