बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँके ,
५ – जेठ/ बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड)१९ को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पतालले जनाएको छ। आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकल गरी परीक्षण गरिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ गुगेको छ ।