TwitterFacebookGoogle+

प्रदेश नं. ५ को बजेट खर्च सन्तोषजनक

  • Written by:

बुटवल
२० साउन/ कोभिड—१९ ले सिर्जना गरेको असहज अवस्थाका बाबजुद प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा तीन दिनसम्म चलेको वार्षिक प्रगति समीक्षाबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले सरकारले पूँजीगत तर्फ ७९ दशमलव २९ प्रतिशत र चालूतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट खर्च भएको जानकारी गराए ।

उनले प्रदेशको तुलनामा प्रदेश नं ५ सकारले पूँजीगत खर्च गत वर्षको भन्दा पनि राम्रो गर्न सफल भएको उल्लेख गर्दै कोभिड–१९ का बाबजुद पनि सरकारले गरेको खर्चलाई सन्तोषजनक रुपमा विश्लेषण गरिएको बताए । यसअघि समीक्षामा मुख्यमन्त्री शङ्कर पोखरेलले उपलब्धिका सूचक देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका थिए । उनले नतिजामुखी र उपलब्धिका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका हुन् ।

‘बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ’, उनले भने । मुख्यमन्त्री पोखरेलले गत आव धेरै अप्ठ्यारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिए ।

साथै उनले चालु आर्थिक बर्षमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।उनले कर्मचारी हेरफेर भदौभित्र गर्न तथा कार्यसम्पादन र मूल्याङकनका आधारमा हेरफेर गर्न उहाँले निर्देशन दिए । रिक्त दरबन्दीमध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी त्यसको पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गरे ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com