बाँकेमाआज देखि तीन दिने निषेधाज्ञा जारी

बाँके
१८ साउन/ समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेमा आज (आइतबार) देखि लागू हुने गरी ३ दिने निषेधाज्ञा जारी गरिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिएका छन ।
बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
भोलि रक्षाबन्धनमा निजी गाडी तथा रक्षाबन्धन सम्बन्धी सामग्री पाइने पसल भने खोल्न दिने निर्णय भएको छ ।