TwitterFacebookGoogle+

बाँके दुर्घटनामा १२ जनाको मृत्यु,२१ गम्भीर घाइते

  • Written by:

बाँके, १९ जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।…

Read more

एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ५६७

  • Written by:

काठमाडौं १८ जेठ/ पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।…

Read more

जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय

  • Written by:

काठमाडौँ  १८ जेठ / सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए । सचिवालयसरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते…

Read more

नरैनापुर अनिश्चितकालका लागि शिल, बाँके जिल्ला भर संक्रमितको संख्या ९२

  • Written by:

राँझा (बाँके) ६ जेठ / बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी…

Read more

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

  • Written by:

रोल्पा ६ जेठ/ रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिए । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । मृतक युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान…

Read more

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

  • Written by:

बाँके , ५ – जेठ/  बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड)१९  को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पतालले जनाएको छ। आइतबार…

Read more

अतिक्रमित भूमि लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

  • Written by:

काठमाण्डौ ५ जेठ/ सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् । भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो ।…

Read more

कोरोना भाइरसका कारण विश्वभर ९६ नेपालीको मृत्यु, संक्रमित संख्या ७०६२

  • Written by:

लण्डन ४ जेठ/ महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड)१९  संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिबार ९१६ मे २०२०० साँझसम्मको हो । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका…

Read more

बाँकेको नरैनापुर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

  • Written by:

बाँके ४ जेठ/ बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज(आइतबार)  मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स…

Read more

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आज मात्र संक्रमितको संख्या १५

  • Written by:

काठमाडौं २१-बैशाख /  बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको…

Read more

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com