अतिक्रमित भूमि लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्द्वारा स्वीकृत

काठमाण्डौ
५ जेठ/ सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।
भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो ।