TwitterFacebookGoogle+

दाङमा पूर्बाधार अभाब रहेकाले अस्थायी राजधानी बुटवल तोकेका हौं : देउवा

  • Written by:

लमही, 
२०-चैत / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङमा पूर्बाधारको अभाव भएकाले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले बुधवार लमहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले अस्थायी राजधानीका लागि सुरुमा चाहिने भौतिक संरचनालगायत धेरै कुराको अभाव देखेर नै दाङमा अस्थायी राजधानी राख्न नसकिएको बताए ।

‘ दाङमा एउटा सभाहल छैन्, राजधानीका लागि चाहिने पूर्बाधार छैनन्, अनी कसरी हुन्छ राजधानी ’ उनले भने‘ पुर्वाधार नभएको हुनाले नै मैले बुटवललाई अस्थायी राजधानी तोकेको हो, स्थायी राजधानि तोक्ने अधिकार प्रदेश सभालाई नै छ, उसैले अव सबै हिसावले उपयुक्त ठाउँमा स्थायी राजधानी तोक्छ ।’

युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमकोे सहजीकरण सचिव आरके सितलले गरेका थिए ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com