नेपालगञ्जमा भेटियो हतियार बनाउने कारखाना

काठमाडौं,
१५-चैत्र / सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीर्लाइ प्रतिवन्ध लगाएपछि अहिले कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म १ सय भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । पक्राउ परेका कर्यकर्ताहरुको साथबाट ठूलो मात्रामा विस्फोट पदार्थ समेत बरामद गरेका छ ।
यसैबीच प्रहरीले नेपालगञ्जमा एउटा घरेलु हतियार बनाउने कारखाना नै भेटको छ । बाँकेको नेपालगञ्जमा घरेलु हतियार बनाउने कारखाना निर्माण हुने सूचना पाएको प्रहरीले छापा मार्दा घरेलु हतियार बनाउने कारखाना नै पत्ता लगाएको हो ।
प्रदेश ५ प्रहरीको विशेष व्युरोले हतियारको कारखाना लगाउने जंघवीर नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको नेपालगन्ज प्रहरीले जानकारी दिएको छ ।
नेपालीले हतियार बनाउन प्रयोग गर्ने उपकरण तथा निर्माण भएका हतियार पनि बरामद गरेको नेपालगञ्ज प्रहरीले जानकारी दिएको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।