TwitterFacebookGoogle+

आज हरितालिका तीज पर्व मनाईंदै

  • Written by:

नेपालगन्ज
५ भदौ/
आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ ।
आज बिहानै देखि दाङका बिभिन्न मन्दिरहरुमा बिहानै देखि महिलाहरुको भीड लाग्ने गर्छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

आइतबार राति मीठा एवं आडिला परिकार दरका रुपमा खाएका व्रतको पूर्व तयारी गरेका व्रतालु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका हुन् ।दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् ।

तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाएका थिए ।

पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ ।तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा भने अधिकारकर्मीहरुले महिला अधिकारको लडाईंको रुपमा तीजलाई व्याख्या गरेकाछन् ।

पञ्चमीका दिन महिनावारीबाट हुने छोइछिटोबाट हुने दोषबाट मुक्त हुन व्रत बसी सप्तऋषिको पूजा गर्ने प्रचलन छ । यसदिन व्रतालु महिलाहरु नजिकको जलाशयमा नुहाइधुवाइ गरी ३ सय ६० ओटा दतिवनले दाँत माझ्ने गर्दछन् ।

तर यस वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीजमा भेला भैइ नाच गान गर्न सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । 

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com