TwitterFacebookGoogle+

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

  • Written by:

काठमाण्डौ
३२ साउन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१र९१ रुपैयाँ कायम गरिएको उपाध्यायले जानकारी दिए।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको उनले बताए। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com