TwitterFacebookGoogle+

कोरोनाको उपचार गरिरहेका अस्पताललाई अनुदान दिने

  • Written by:

दाङ,
३२ साउन/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार गरिरहेका अस्पताललाई अनुदान दिने भएको छ । स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो ।

उपचार बापत अनुदान दाबी गर्न दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ । तोकिएको समयभित्र विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ भएमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

विश्वभर ५९ हजार ४ सय ११ नेपालीमा कोरोना संक्रमण
कोरोना भाइरस संक्रमणका कारण यो साता ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघका अनुसार संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव मत्थर भएको देखिएको हो ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल बाहेकका देशमा १ सय ९१ नेपालीको कोरना संक्रमणवाट मृत्यु भएको छ ।भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।

हालसम्म विदेशमा रहेका ३३ हजार ४ सय ९९ नेपालीमा संक्रमण पुष्टि भएको छ । ति मध्य ४८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्दार गरिएको छ । विभिन्न ३० मुलुकमा भएको ३ सय २७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

साथै विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टी गरिएको छ । ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com