TwitterFacebookGoogle+

बाँकेमा सशस्त्र प्रहरी र बैंकका कर्मचारीसहित २० जनामा कोरोना भाईरस संंक्रमण पुष्टि

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज
३२ साउन/ बाँकेमा आईतवार सशस्त्र प्रहरी र बैंकका कर्मचारीसहित २० जनामा कोरोना भाईरस संंक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले सो जानकारी दिएका छन ।

केहिदिन अघि बाँकेको जानकी गाँउपालिकामा लिईएको ब्यक्तिहरुको स्वाब परिक्षणमा कोरोना देखिएको हो । उनीहरु जानकी गाउँपालिकाकै स्थानीय व्यक्ति भने होइनन् ।

१५ जना सशस्त्र प्रहरी र तीन जना बैंकका कर्मचारीसहित २० जनामा कोरोना देखिएको बुझिएको छ । जानकीमा ३० गते ९२ जनाको स्वाव लिइएको थियो । यसैबिच कोरोना संक्रमण बढ्दै जान थालेपछि जानकी गाउँपालिकाले आइतबार राती १२ बजे देखि गाउँपालिका क्षेत्रभित्र लकडाउन जारी गरेको छ ।

समुदाय स्तरमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । नयाँ निर्णय अनुसार साउन ३२ गते आइतबारदेखी भाद्र ५ गते राती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरीने भएको हो ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, गैरसरकारी कार्यालय, शैक्षिक संस्था, विद्यालय, हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए । लकडाउन अवधिभर गाउँपालिका क्षेत्रमा कुनैपनि भेला, बैठक, भिडभाड गर्न नपाइने भएको छ ।

कोरोना निको भएका
विभिन्न आईसोलेशन सेन्टरमा उपचार गराईरहेका बाँकेका ७ सहित ९ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा नेपालगन्जका ५, खजुराका २, सुर्खेत र बर्दियाका १÷१ जना रहेका छन । उनिहरु मध्ये ६ जनालाई नेपालगन्जको आदर्शनगर आईसोलेशन सेन्टरमा राखिएको थियो भने २ जनालाई खजुरास्थित शुसिल कोईराला क्यान्सर अस्पतालको आईसोलेशनमा राखिएको थियो ।

नेपागञ्जका एक कोरोना संक्रमितलाई भने धनगढीको आईसोलेशन सेन्टरमा राखिएको थियो । योसँगै बाँकेबाट हालसम्म डिस्चार्ज हुनेको सँख्या ४ सय ४४ पुगेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com