TwitterFacebookGoogle+

बाँकेका ११ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज
३० साउन/ भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा बाँकेका ११ सहित थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ७ सय परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी कुल २३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।

योसंगै बाँकेमा कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ ।

यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com