TwitterFacebookGoogle+

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज
३० साउन/  स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगन्जका ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार दुईवटा टोली बनाएर नेपालगन्ज बजारमा अनुगमनमा खटाएको थियो ।

सामाजिक दुरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोवार गर्ने व्यवसायीलाई कारवाही गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएका छन । उपाध्यायका अनुसार, शुक्रबार ७७ वटा पसल तथा व्यवसायीलाई जनही सय रुपैयाँका दरले जरिवाना गरिएको छ ।

त्यसैगरि मास्क नलगाई हिडडुल गर्नेलाई पनि जरिवाना गराईएको बताईएको छ । बाँकेमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै गएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएकाले उच्च सावधानी अपनाउनुको साटो लाफरवाही गर्ने क्रम बढेकाले प्रशासनले कडाइ गरेको बताए ।

गएको साउन १८ गतेदेखि लागु गरिएको निषेधाज्ञा शुक्रवार रातीदेखि हटाइएपनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाइ गरेर लैजाने उनको भनाई थियो ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com