TwitterFacebookGoogle+

बाँकेमा जारी निषेधाज्ञा शुक्रवार राती १२ बजेपछि हटाईने

  • Written by:

कुन्तलराज शर्मा,नेपालगन्ज
३० साउन/  गत साउन १८ गतेदेखी बाँकेमा जारी निषेधाज्ञा शुक्रवार राती १२ बजेपछि हटाईने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार तत्कालका लागि निषेधाज्ञा हटाउन लागिएको हो । निषेधाज्ञा हटाईएपनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै नागरीक स्तरबाटै सतर्कता अपनाउन कुरुम्वाङले आग्रह गरेका छन ।

कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै बाँकेमा स्थानीय प्रशासनले साउन १८ गते आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो समय कोरोना संक्रमण केही हदसम्म नियन्त्रणमा देखिएकाले निषेधाज्ञा हटाउने निर्णय गरीएको बताउँदै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले स्वास्थ्यको मापदण्ड अनुसार चेकचाँज प्रक्रियालाई थप बढाउँदै लगिएको जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि साउन १८, साउन २० र साउन २४ गते गरी तिन चरणमा जिल्लाभर निषेधाज्ञा लागु गरीएको थियो । यस बिचमा तिन दिनका लागि नेपालगन्ज उपमहानगरपालि क्षेत्र सिल समेत गरीएको थियो । तीन दिनसम्म सिल गरिएको उक्त क्षेत्र बुधबारदेखि खुला गरिएको थियो भने निषेधाज्ञा यथावत राखेको थियो ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com