TwitterFacebookGoogle+

कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

  • Written by:

काठमाण्डौ
२० साउन/ नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।साथै बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले पाँच हजार नौ सय २५ जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने १० हजार चार सय ५२ जना क्वरेण्टीनमा छन् । नेपालमा अहिलेसम्म चार लाख ६ हजार चार सय ९४ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com