गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

गुल्मी
१७ साउन/ रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला)मा घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर बिना माझी, उनका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए।
बिनाका श्रीमान राजु बोटे (माझी) भने रोजगारीको सिलसिलामा भारतमा छन । प्रहरी टोली घटनास्थल जाँदै गरेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।