TwitterFacebookGoogle+

तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

  • Written by:

तुलसीपुर,
१७ -साउन / दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो । उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । उनी काठमाडौं जाँदै गर्दा साँझ नागढुंगामा पक्राउ गरेको हो ।

बरामद गरिएको उक्त रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं जाँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com