TwitterFacebookGoogle+

नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द

  • Written by:

बाँके,
२७-असार /  बाँकेको नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् ।

प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक उद्योगका सञ्चालक निसार अहमद अन्सारीले भने ‘क्यारी ब्याग’ र ‘ढलान सिटी’ जहाँ पायो त्यही फाल्न मिल्दैन । फेरि झोलाजस्तो कहिल्यै नसड्ने पनि होइन । प्लाष्टिकजस्तो नकारात्मक असर नपर्ने भएकाले नयाँ उत्पादन शुरु गरेका छौँ ।’

क्यारी ब्याग र ढलान सिटीको बाँकेमै राम्रो बजार रहेको छ । स्थानीय बजारमै खपत हुने भएकाले होली प्लाष्टिकले उत्पादन शुरु गरिएको उद्योगले जनाएको छ ।

अन्सारीले हालकै मेशिनबाट सड्ने खालको झोला उत्पादन गर्ने तयारी गरेको जनाउँदै भने ‘अहिलेको मेशिनलाई केही परिवर्तन गरेर नयाँ झोला उत्पादन गर्न सकिन्छ ।’

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com