TwitterFacebookGoogle+

रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बुवा आमा घाइते

  • Written by:

धनुषा
२७ वैशाख/ रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् ।

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो ।

घर भत्किँदा परिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो ।

उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com