TwitterFacebookGoogle+

शान्ता चौधरीले माबि सेन्टरबाट एसइई परीक्षा दिदै

  • Written by:

तुलसीपुर
१० चैत / नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको माबि सेन्टरबाट एसइई परीक्षा दिदैछन् ।

आजदेखि शुरु भएको एसइई परीक्षा उनले पनि दिदै छन् । गत २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भए पछि उनको औपचारीक कक्षाको पढाइ सुरु भएको थियो ।

कक्षा आठ र नौ मा औपचारीक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान नपाएपनि स्वअध्ययन गरेको चौधरीको भनाई छ ।‘ नियमित बिद्यालय जान नपाएपनि घरमा अध्ययन गरेकी छु’ उनले भनिन्् ‘ ढुक्क संग परीक्षा दिन्छु ।’

उनले यस पटक आफ्नी १७ बर्षिया छोरी विनु चौधरीसँग एसइइको परिक्षा दिदै छिन । नियमित तर्फ महेन्द्र मावि तुलसीपुरमा संचालित खुला विद्यालयमा भर्ना भएकी चौधरीको मावि तुलसीपुर सेन्टरमा परिक्षा केन्द्र तोकिएको छ ।

२०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भैसके पछि विभिन्न समितिमा बस्दा पढाई पनि आबश्यक हुने ठानेपछि आफुले पढ्न शुरु गरेको प्रतिक्रिया दिईन् ।

केही बर्ष स्वअध्ययन गरे पछि उनले औपचारिक शिक्षा र प्रमाण पत्र लिएरै पढाइ पुरा गर्ने रहर लागेको उनले बताईन् । उनी कक्षा ८ र ९ मा नियमित बिद्यालय गएकी थिईन् ।

सचेतक भएपछि धेरै कार्यक्रममा सहभागि हुनुपर्ने भएपनि कक्षा १० को लागि पनि घरमा बसेर अध्ययन गरेको उनको भनार्य छ ।

उनलाई सबै भन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ । अङ्ग्रेजीमा बोल्न सकेपनि लेख्न भने अफ्टयारो लाग्ने गरेको बताईन् । ३८ बर्षमा उनले एसइइ दिदै छिन् । चौधरीलाई सकभर मास्टर वा पीएचडीसम्मै पुरा गर्ने धोको छ ।

दाङबाट ११ हजार ६ सय ७२ परीक्षार्र्र्थीले एसइई दिदै
दाङबाट सय बर्ष ११ हजार ६ सय ७२ जनाले एसइई परीक्षा दिने भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङका अनुसार नियमित तर्फ ११ हजार ९५ , तह बृद्धिको लागि ३ सय ६९ जना र खुलाबाट दुईसय ८ , एक जना दृष्टिीबिहीनले परिक्षा दिन लागेका छन् ।

गतबर्ष ४३ केन्द्रबाट परीक्षा दिईएको भएपनि यस बर्ष एउटा केन्द्र थप गरि ४४ वटा केन्द्रबाट एसइइ परीक्षा हुने शाखा अधिकृत देवमनी चौधरीले बताए ।

उनका अनुसार एसइइ पास गर्न नसकेका पुराना परिक्षार्थीहरुको लागि छुट्टै परिक्षा केन्द्र संचालनमा ल्याइएको हो ।

पाँच÷छ बर्षदेखि परिक्षामा उतिर्ण हुन नसकेका, पुरानो पाठ्यक्रम पढ्दै आएका विद्यार्थीहरुको लागि घोराहीमा रहेको शुभप्रभात माध्यामिक विद्यालयमा परिक्षा संचालनको व्यवस्था गरिएको छ ।

दाङका ९१ सामुदायिक र ९२ संस्थागत विद्यालयहका बिद्यार्थीहरु एसइइ परिक्षामा सहभागि भएका छन् । दाङको विकट क्षेत्र बंगलाचुलीमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com