TwitterFacebookGoogle+

मिलमा बेरिएर महिलाको मृत्यु

  • Written by:

राँझा
२६ फागुन/ बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिएका छन ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताएका छन । सल बेरिएर मिलको पट्टामा अल्झिन पुग्नुभएकी थारूको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com