TwitterFacebookGoogle+

देशभरका ५ अस्पतालको स्तरोन्नति

  • Written by:

बाँके
२६ फागुन/ बाँकेको भेरी अञ्चल अस्पताल सहित देशभरका ५ अस्पतालको स्तरोन्नति गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले देशभरका ५ वटा अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ मा स्तरोन्नति गरेको हो ।

संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नामसमेत फेरिएको छ ।नेपालगञ्जको बाँके स्थित भेरी अञ्चल अस्पतालको नाम भेरी अस्पताल राखिएको छ ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको नाम अबदेखि नारायणी अस्पताल मात्रै लेखिनेछ । मोरङको विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल कोशी अस्पताल,  डडेल्धुरा उपक्षेत्रीय अस्पताल अब डडेल्धुरा अस्पताल भएको छ । भरतपुर अस्पताल चितवनको नाम भने यथावत छ ।

मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यी अस्पतालहरुलाई प्रदेशकै उत्कृष्ट सेवा भएका अस्पताल बनाइने दाबी गरे ।

‘तत्कालका लागि संरचना त्यही हुन्छ, पछि विशेषज्ञ चिकित्सकसहितको सेवा थपिन्छ’, उनले भावी योजनाबारे भने, ‘उपचारका लागि विदेश जानै नपर्ने वातावरण निर्माण गर्ने लक्ष्य छ ।’

स्तरोन्नति गरिएका अस्पतालहरुमा मुटुको शल्यक्रिया गर्ने, किड्नी लिभर फेर्ने, क्यान्सर जस्ता जटिल रोगको उपचार पनि हुने उनको दाबी छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com