बस र ट्रक एकआपसमा ठोक्किदा २१ घाईते – ९ जनाको अहिले कोहलपुरमा उपचार हुँदै

दाङ लमही नगरपालिका वडा नं. ९ रिहार नजिक बस र ट्रक एकआपसमा ठोक्किदा घाईते भएका ९ जनाको अहिले कोहलपुरमा उपचार भईरहेको छ ।
दाङको लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै मंगलबार यात्रुबहाक बस र ट्रक ठोक्किदा २१ जना घाईते भएका हुन् । नेपालगंजबाट दाङको घोराही तर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस र पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख १२८२ नम्बरको ट्रक ठोक्किदा दुर्घटना भएको हो । बसको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । बसमा ३० जना यात्रुहरु रहेकोमा अन्यको अबस्था भने सामान्य रहेको छ ।
दिउसो ३ बजेतिर भएको दुर्घटनामा घाईते भएका मध्ये ९ जनालाई उपचारका लागि नेपालगंज अस्पताल कोहलपुर लगिएको थियो, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचार पछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले बताएको छ ।
प्रदेश नं. ५ प्रहरी कार्यलय दाङका अनुसार ट्रक चालक बैतडीको पाटन नगरपालिका वडा नं. ३ निवासी रामसिह पन्त , सहचालक बैतडी पाटन नगरपालिका वडा नं. ३ निवासी १९ बर्षीय डम्बरसिह पन्त, बस चालक बाँके राप्ती सोनारी गाउपालिका वडा नं. १ का २८ बर्षीय सन्तोष बिक, घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी ४० बर्षीया गोमादेबी केसी, घोराही उपमहानगरपालिका वडा नं. २ निवासी ४० बर्षीय हरी पोख्रेल , दाङ बंगलाचुली गाउँपालिका वडा नं. ७ बस्ने २२ बर्षीय पुर्ण बहादुर महरा, बाँके कोहलपुर नगरपालिका वडा नं.५ निवासी १६ बर्षीय सचिन गिरी, रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं. ११ निवासी २३ बर्षीया कमला सार्कीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको प्रदेश नं. ५ प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताए ।