कोहलपुरमा २२ वर्षीय युवकको घाँटी रेटी हत्या
नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ । शनिवार बिहान कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले हत्याको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । आज बिहानमात्रै हामीले शव फेला पारेका छौँ,’ उनले भने, ‘हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेका छौं।’