TwitterFacebookGoogle+

आज संबिधान दिवस : ‘नागरिकले अनुभूति गर्ने गरि संबिधान कार्यान्वयन हुनुपर्छ’

नेपालगञ्ज,
३-असोज/
नेपालमा नयाँ संबिधान जारी भएको आज ठीक तीन बर्ष पुगेको छ । जनताको लामो त्याग, बलिदानी र संघर्षबाट २०७२ असोज ३ गते मुलुकले नयाँ संबिधान पाएको थियो । विश्वकै उत्कृष्ठ मानिएको नेपालको संविधानले देशलाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गरेको थियो । नेपालको संबिधान जारी भएयता आम जनताका थुप्रै अपेक्षाहरु छन् ।

मुलुक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएको छ । तिनै तहको सरकारले पूर्णता पाएको छ । अहिले तिनै तहका सरकारहरु बिकास निर्माणमा क्रियाशिल छन् । तर जनताको अपेक्षा अनुसार काम भने हुनसकेको छैन् । मुुलुक लामो समय संक्रमणकालिन अबस्थाबाट गुज्रियो । लामो समय मुलुकले बिकास निर्माणका कामलाई अघि बढाउन पाएन् ।

जब नेपालको संबिधान जारी भयो, नागरिकका आशा पनि तीब्र रुपमा बृद्धि भए । जनताका आंकांक्षाहरु धेरै भए, त्यो माग अनुसार तीन बर्षमा काम हुन सकेनन् । मुलुकबाट राजनीतिक संक्रमणकालबाट अन्त्य भएपनि संबैधानिक संक्रमण भने जारी छ । सबिधान निर्माण भएको तीन बर्ष भएपनि अझै मुलुक कानून निर्माणको चरणमै छ । कानून निर्माणको कार्यले पूर्णता नपाउँदा अझै मुलुकले विकास निर्माणको गति लिन सकेको छैन् ।

प्रदेश र स्थानीय सरकारको अधिकारका बिषयमा टुंगो लागेको छैन् । यसबर्ष सबै कानूनको टुंगो लागेपछि मुलुक बिकास निर्माणको मार्गमा अघि बढ्ने प्रदेश नं. ५ का सांसद उत्तरकुमार वलीले बताए ।

‘ २०७५ को बर्ष कानून निर्माणको बर्ष बन्ने छ’ उनले भने‘ कानुनबाट तिनै तहको सरकारको अधिकार टुंगो लगाउने छ र जनताले गरेका अपेक्षा अनुरुप काम हुनेछन् ।’

यस बर्ष भित्र तिनै तहको सरकारले कानून निर्माण कार्यलाई पूर्णता दिएसंगै नेपालको संबिधान कार्यान्वयनको गतिमा अगाडि बढ्ने सांसद वलीले बताए । आउँदो बर्ष मुलुकले ठुलो फड्को मारिसक्ने उनले बताए । नेपालको संबिधान कार्यान्वयनको गति तीब्र रुपमा अगाडि बढिरहेको उनको भनाई थियो ।

अहिले संबैधानिक संक्रमणकालको अबस्थामा रहेको भन्दै सरकारले सबैको सहमतीमा कानून निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाउनु पर्ने नगारिक अगुवा टिकाराम रेग्मीले बताए । ‘जनताको लामो संघर्ष पछि विश्वकै उत्कृष्ठ संबिधान हामीले पाएका छौं’ उनले भने ‘ यसको कार्यान्वयनको लागि सत्तापक्षले बिशेष ध्यान दिनुपर्छ ।’ उनले नागरिकले अनुभूति गर्ने गरि संबिधान कार्यान्वयन हुनुपर्ने बताए ।

लामो समय पछि मुलुकले पाएको संबिधान लोकतन्त्रको बाटोमा अगाडि बढिरहेको भन्दै उनले यसलाई स्थायी रुपमा अगाडि बढाउन आबश्यक रहेको बताए । साकारात्मक परिबर्तनका लागि केही चुनौती अबश्य पनि पार गर्नुपर्ने भन्दै अहिले त्यही चुनौती पारगर्ने क्रममा मुलक रहेको उनले बताए । सबै कानून निर्माण भए मुलुक बिकास र समृद्धिको गतिमा अघि बढ्ने उनको भनाई थियो ।

जनताको लामो त्याग र बलिदानीबाट प्राप्त नेपालका संबिधान पूर्ण रुपमा कार्यान्वयनमा आए जनताका अपेक्षा पूरा हुँदै जाने बताए । जबसम्म मुलुकमा सृद्धि आउँदैन्, तब सम्म जनताले नयाँ संबिधान कार्यान्वयनको आभास नगर्ने उनको भनाई थियो ।

मुलुकले तिनै तहको सरकार गठन भईसकेको, मुलुक संघीय संरचनामा अघि बढेसंगै संबिधान कार्यान्वयनको चरणमा अघि बढिसकेको अधिबक्ता रामसरण चौधरीले बताए । मुलुकले दुई ठुला कामहरु पुरा गरिसकेको भन्दै अब कानून निर्माणभएसंगै पूर्ण रुपमा कार्यान्वयनमा जाने उनको भनाई थियो । नयाँ संबिधानलाई कार्यान्वयन गर्ने नयाँ अभ्यास भएकाले पनि केही समस्या भएपनि ब्यबहारिक ‘गर्दै सिक्दै’ अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com