TwitterFacebookGoogle+

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : मूल्य बढाउँदा पनि निगमलाई घाटा !

काठमाडौं,
२-असोज /  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी दिए । अवदेखि पेट्रोल लिटरको ११४ र डिजेल-मट्टितेल १०१ रुपैयाँ पर्ने छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

मूल्य बढाउँदा पनि प्राय सबै इन्धनको व्यापारमा निगमलाई घाटा हुने बताइएको छ। गोइतका अनुसार पेट्रोल लिटरमा २.९२¸ डिजेलमा२.७२ र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको र आगमी १५ दिनमा ३१ करोड ६७ लाख घाटा हुने निगमको प्रक्षेपन छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५/१५ दिनमा मूल्य समायोजन गर्छ ।

अमेरीकी डलरको तुलनामा नेपाली/भारतीय मुद्राको अवमुल्यन भएको र सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले जानकारी दिए ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com