TwitterFacebookGoogle+

बाँकेमा फुटबल प्रतिष्ठान बन्ने

  • Written by:

नेपालगञ्ज,
२-असोज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

प्रतिष्ठानमा आठदेखि १० वर्ष उमेरका करीब ६ सय बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य छ नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले प्रतिष्ठानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com