TwitterFacebookGoogle+

कांग्रेस बाँकेको जिल्ला नेतृत्वका लागि ४ जना विच प्रतिश्पर्दा

अमृता के सी, नेपालगन्ज (बाँके) 
२५-माघ  /  नेपाली कांग्रेस बाँकेको जिल्ला नेतृत्वका लागि ४ जना विच प्रतिश्पर्दा भैरहेको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा जारी अधिवेसनमा ४ जना विच सभापती पदमा प्रतिश्पर्दा हुने भएको हो ।

गत २२ गते भएको क्षेत्रिय अघिवेसनबाट ४ सभापतिका आकाक्षी तथा दाबेदाहरु निरञ्जनसिंह सिजापति, नारायणप्रसाद गौडेल, किरण कोइराला र लक्ष्मीनारायण शाह महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आज हुने जिल्लाको निर्वाचनमा ४ जना विच कडा प्रतिश्पर्दा हुने देखिएको छ ।

चारै जना उम्मेदवारहरुले आफनो उम्मेदवारी समेत दर्ता गरिसकेका छन । उम्मेदवारी दर्ता कार्य सकिए लगत्तै उम्मेदवारहरु मतदाताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । सभापतिका उम्मेदवार चारै जनाले आप्mनो प्यानल नै बनाएर चुनाबी मैदानमा उत्रिएका छन ।

उम्मेदवारी दर्ता कार्य सकिएपछी उम्मेदवारी फिर्ता , दाबी विरोध र अन्तीम नामावली प्रबाशन पश्चात पतदान प्रक्रिया अगाडी बढ्ने निर्वाचन अधिकृत रोहित बास्तोलाले जानकारी दिनुभयो । यस्तै जिल्ला सचिवमा तप्त पौडेल, नरेन्द्र चौधरी र विजय यादव तथा कोषाध्यक्षमा सुनिलकुमार कसौधन र मुन्ना सिद्धिकीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत बास्तोलाले बताउनुभयो ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com