TwitterFacebookGoogle+

मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवमा आज मेरी बास्सैका कलाकारद्वारा बेजोड प्रस्तुती

  • Written by:

अमृता के. सी,  नेपालगन्ज (बाँके)
२३-माघ  / माघ २१ गतेबाट सुरु भएको मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सवमा आज शनिबार पनि विभिन्न साँस्कृतिक कार्यक्रम भैरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार देखि सुरु क्षेत्रिय महोत्सवमा आज मेरी बास्सैको टिमले मनोरञ्न प्रदान गर्ने भएको छ ।

आज भने मेरी बास्सैको हास्य कलाकारहरुको समुहले महोत्सबमा मनोरञ्ज प्रदान गर्ने साँस्कृतिक ब्यबस्थापन उपसमितीका संयोजक अमित बस्नेतले जानकारी दिनुभयो । साथै महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुका प्रस्तुति समेत हुने भएका छन ।

नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा प्रस्तावित बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ क्षेत्रिय महोत्सब आयोजना गरिएको हो । मेलामा बाल उद्यान पनि प्रमुख आर्कषणको केन्द्रबिन्दु बनेको छ ।

nima rumbaमहोत्सवमा शुक्रबार गायीका आस्था बि, निमा रुम्बा कोमल ओली लवगाएतका कलकारहरुले मनोरञ्जन प्रदान गरेका छन । त्यस्तै गायन तारा र नृत्य ताराको छनोट पनि हिजो देखी नै शुरु भएको छ । बिभिन्न प्रतिश्पर्दी मध्ये गायनमा १२ जना र नृत्यमा १६ जना छनोट भएका छन ।

नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन कार्यालय परिसरमा सुरु क्षेत्रीय महोत्सवमा मध्यपश्चिमाञ्चलको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र मौलिक मौलिक कला सम्बद्र्धन लक्ष्य राखिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

नेपालगन्जमा बहुउद्धेश्यि सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागी सरकारले पनि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरीसकेको छ । कृषि जीडबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्रको मूल आधार भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सवमा विभिन्न ३ सय बढि स्टलहरु रहेका छन् । महोत्सव अवलोकनका लागि मेलामा विद्यार्थीहरुका लागि ४० रुपैया र अन्यका लागि ५० रुपैयाँ टिकटको व्यवस्था रहेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com