TwitterFacebookGoogle+

काँग्रेस बाँकेको क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक

अमृता के. सी,  नेपालगन्ज (बाँके)
२३-माघ  /  काँग्रेस बाँकेको क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । क्षेत्रीय सभापतिमा क्षेत्र नम्वर १ मा माधवराम खत्री, क्षेत्र नम्वर २ मा रामचन्द्र मौर्य, क्षेत्र नम्वर ३ मा रमेश गुप्ता र ४ मा नक्की खाँ निर्वाचित हुनुभएको छ ।

हिजो भएको निर्वाचनपछि गएराती सार्वजनिक भएको मत परिणाम अन्तरगत् क्षेत्र नम्वर एकको क्षेत्रीय सभापतिमा खत्री दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो । यसैगरि क्षेत्रीय कार्यसमितिको सचिवमा डिल्ली गिरी र कोषाध्यक्षमा हेमराज पौडेल निर्वाचित हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधिहरुमा नारायण गौडेल, भानुभक्त भट्टराई, तप्त पौडेल, अमरबहादुर खड्का, हुर्मत न्यौपाने, पुर्ण आचार्य लगायत निर्वाचित हुनुभएको छ । यसैगरि क्षेत्र नम्वर दुईमा भने सचिवमा शिवकुमार बर्मा र कोषाध्यक्षमा जैधरप्रताप बैजु श्रेष्ठ निर्विरोध निर्वाचत हुनुभयो ।

महाधिवेशन प्रतिनिधिमा लक्ष्मी नारायण शाह, राजकुमार वर्मा, सुदिप नरसिंह राणा, राकेशबहादुर श्रीवात्सव, रिजवान अहमद साह निर्वाचित हुनुभएको छ । महिला कोटातर्फ किरण कोइराला र परमेश्वरी पाठक, आदीवासी जनजातीतर्फ धनबहादुर गुरुङ्ग र दलिततर्फ जगराना रैदास निर्वाचित हुनुभएको छ ।

क्षेत्र नम्वर ३ को क्षेत्रीय कार्यसमितिको सचिवमा उस्माल अलि ढपाली र कोषाध्यक्षमा देवेन्द्र सिंह सर्वसम्मत हुनुभएको हो । यसैगरि महाधिवेशन प्र्रतिनिधिमा निरञ्जनसिंह सिजापति, राजितराम पाठक, सुनिल नरसिंह राणा, सुरेन्द्र कुमार हमाल, कमला भट्ट, मोहम्मदी सिद्दिकी, हेमन्त कर्माचार्य, कृष्णसिंह परियार, डाक्टर सुरेशकुमार कनोडिया, निजामुद्दिन अन्सारी निर्वाचित हुुनुभएको छ ।

क्षेत्र नम्वर चारको क्षेत्रीय कार्यसमितिको सचिवमा ज्ञानवहादुर ओली र कोषाध्यक्षमा नरबहादुर खड्का निर्वाचित हुनुभएको छ । यसैगरी महाधिवेशन प्रतिनिधिमा मेघराज ओली, खलील खाँ, देउफल यादव, देवबहादुर खत्री, महेन्द्र मल्ल, युवराज शर्मा, चन्तबहादुर थारु, दुखीराम लोनिया, ओवीलाल सुनार, चीनुमाया कुवँर र झुकमाया जिएम निर्वाचित हुुनुभएको छ ।

जिल्ला सभापति पदका दावेदार चारैजना निरञ्जनसिंह सिजापति, नारायणप्रसाद गौडेल, किरण कोइराला र लक्ष्मीनारायण शाह महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com