TwitterFacebookGoogle+

मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव नेपालगन्जमा

  • Written by:

नेपालगन्ज,
२३-माघ /  नेपालगन्जमा बिहिबार देखि मध्यपश्चिमाञ्चल क्षेत्रिय महोत्सव सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार देखि सुरु क्षेत्रिय महोत्सव फागुन २ गते सम्म सञ्चालन हुने भएको छ ।

महोत्सवमा आज एससेलले प्रायोजन गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने क्षेत्रिय महोत्सवमा सांस्कृतिक कार्यक्रमहरु मध्यान्न १२ बजे पश्चात मात्रै सुरु हुने आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवका अवसरमा आजै नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा महिला उद्यमीहरुका लागि कार्याशाला गोष्ठी सुरु भएको छ । विभिन्न क्षेत्रका महिला उद्यमीहरुका लागि उक्त कार्याशाला गोष्ठी केन्द्रित रहेको नेपालगन्ज उद्योग वाणिज्य संघकी महिला उद्यमी व्यवस्थापन उप समितिकी संयोजक कुसुम बस्नेतले जानकारी दिनुभयो ।

नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा प्रस्तावित बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ क्षेत्रिय महोत्सब आयोजना गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागी गत बर्ष ५० लाख बचत गरिएको र यस बर्ष पनि सोही बराबरको रकम बचत गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन कार्यालय परिसरमा सुरु क्षेत्रीय महोत्सवमा मध्यपश्चिमाञ्चलको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र मौलिक कला सम्बद्र्धन र मौलिक कला सम्बद्र्धन लक्ष्य राखिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ । नेपालगन्जमा बहुउद्धेश्यि सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागी सरकारले पनि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरीसकेको छ ।

कृषि जीडबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्रको मूल आधार भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न ३ सय बढि स्टलहरु रहेका छन् । महोत्सव अवलोकनका लागि मेलामा विद्यार्थीहरुका लागि ४० रुपैया र अन्यका लागि ५० रुपैयाँ टिकटको व्यवस्था रहेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com