TwitterFacebookGoogle+

बाँकेमा बाख्रा व्यवसायिकरण परियोजना सुरु

  • Written by:

अमृता के सी, नेपालगन्ज
१७-माघ  /  बाँकेमा आज देखि औपचारीक रुपमा बाख्रा व्यवसायिकरण परियोजना सुरु भएको छ । हेफर नेपालले आज एक कार्यक्रमको आयोजना गरी बाँके बाख्रा व्यवसाकिरण परियोजना कार्याक्रमको सुरुवात गरिएको हो ।

बाँकेका स्थानिय विकास अधिकृत जिबलाल भुषाल , हेफर परियोजना नेपालका राष्ट्रिय निर्देशक शुभ नारायण महत्तो लगायतले उक्त परियोजनाको एक साथ शुभारम्भ गर्नभयो । हेफर ईन्टरनेसनले सुरु गरेको बाख्रा पैचो कार्यक्रमबाट उत्पान भएका बाख्राहरुको उचित मूल्य निर्धारण गरी कृषिकहरुको जिवनस्तर उकास्नका लागि व्यवसायीकरण परियोजना सुरु गरिएको हेफर नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले जानकारी दिनुभयो ।

दोस्रो विश्व युद्ध पश्चात युद्धपिडित बालबालिकाहरुलाई राहतको रुपमा दुध बाट्दा बाट्दै दुध बाड्ने क्रममा दुध बाडेर साध्य नहुने भन्दै दुध दिने गाई नै वितरण गर्ने सुरुवातबाट हेफरको सुरुवात भएको बताउनुभयो । नेपालमा बाख्रा पैंचोबाट सुरु भएको हेफरले अहिले बाँकेका विभिन्न गाविसमा बाख्रा पैचो कार्यक्रम , महिलाहरुलाई समुहमा आबद्ध तथा सहकारी स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आजबाट सुरु भएको बाख्रा व्यवसायिकरण परियोजना बाँकेका १२ ओटा गाविस बैजापुर, विनौना ,कचनापुर , खासखुस्मा , महादेवपुर,टिटिहिरीया, वनकटुवा, गंगापुर , रनियापुर , खजुराखुद्र ,फत्तेपुर र बागेश्वरीमा सञ्चालन हुने भएको छ । १२ गाविसका १५ हजार परिवारमा यो परियोजना लैजाने कार्यक्रममा बताईएको छ ।

सुरुमा एक वर्षका लागि सुरु हुने परियोजनाको मुख्य उदेश्य बाख्रा पालन व्यवसायलाई व्यवसायीकरणमा सहयोग गर्न सहकारी मार्फत खसी बोकाको बजारिकरण गर्ने प्रभावकारी संयन्त्र विकास गर्नु र, बाख्राको मूल्य श्रृंखलामा वातावरणमैत्री क्रियाकलापहरुलाई बढवा दिनु लगायत रहेको हेफर परियोजना नेपालका राष्ट्रिय निर्देशक शुभ नारायण महत्तोले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा जिल्ला विकास समिति बाँके , जिल्ला पशु सेवा कार्यालय , जिल्ला कृषि विकास कार्यालय बाँके , पशु क्वारेन्टाईन , जिल्ला वन कार्यालय बाँके , नेपाल पत्रकार महासंघ बाँके लगायतको सहभागीता रहेको थियो ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com