TwitterFacebookGoogle+

नेपालगन्ज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी हुँदा समस्या

अमृता के सी, नेपालगन्ज
१६-माग /  नेपालगन्ज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी हुँदा समस्या परेको छ । ३ सय जना कैदी बन्दी राख्ने क्षमता भएको नेपालगन्जमा हाल ५ सय ६७ जना महिला तथा पुरुष कैदीबन्दी रहेका छन् ।

नेपाल सरकार गृहमन्त्रालय कारागार व्यवस्थापन विभाग कारागार कार्यालय नेपालगन्ज बाँकेमा महिला कैदीबन्दीलाई समस्या नभए पनि पुरुष कैदीबन्दीहरुलाई समस्या भएको छ । क्षमता भन्दा बढि कैदी बन्दी भएका कारण पुरुषहरुलाई बस्न कठिन भएको नेपालगन्ज कारागारका जेलर श्यामलाल लामिछानेले बताउनुभयो ।

हाल नेपालगन्ज कारागारमा ५० जना महिला कैदीबन्दी र ५ सय १७ जना पुरुष कैदीबन्दी गरी जम्मा ५ सय ६७ जना कैदीबन्दी रहेको जेलर लामिछानेले जानकारी दिनुभयो । ५० जना महिलाहरु मध्ये मुद्धा भैसला भैसकेका ३७ जना महिला रहेका छन् भने पुपक्षका लागि थुनामा रहेका १३ जना महिलाहरु छन् ।

त्यस्तै ३ सय ७९ जना मुद्धा भैसला भै सजाय भोगीरहेको पुरुषहरु छन् भने मुद्धा फैसला नभै पुर्पक्षका लागि थुनामा रहेका १ सय ३८ जना पुरुषहरु रहेका छन् । महिलाहरुलाई समस्या नभएपनि पुरुषहरुका लागि कारागारमा समस्या भएको उहाँको भनाई छ । जाडो महिनामा बस्ने स्थानको समस्या धेरै नभएपनि गर्मी महिनामा भने कैदीबन्दीहरुलाई सास्ती हुने गरेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com