TwitterFacebookGoogle+

सुर्खेतमा सुन चोरी गर्ने जाजरकोटमा पक्राउ

जाजरकोट,
१५-माघ /  सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीबार पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधबार बिहान चोरी गर्ने सुर्खेत छाप्रे-६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मगरका साथबाट एक थान औँठी र रु १५ हजार बरामद गरेको छ । श्रेष्ठको घरबाट एक तोलाको मङ्गलसुत्र, १२ आनाको बाला र एक आनाको औँठी चोरी भएको प्रहरीले बताएको छ । रासस

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com