TwitterFacebookGoogle+

बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा

  • Written by:

कोहलपुर,
कोहलपुर सिटि कप २०-२० क्रिकेटमा बालुवाटार क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा महाराजा म्यक्सोलाई ८ विकेटले स्तब्ध पार्दै बालुवाटारले सेमिफाईनलमा आफुलाई सुरक्षित ग¥यो । बालुवाटारको जित संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ ।

टस जितेर ब्याटिङ गरेको महाराजा म्यक्सो १३ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ४६ रनमै समेटियो । उस्को ब्याटिङ लाइन धरापमा पार्न विजयी गौतमले ५ विकेट चट्काए भने इन्द्रकमल मानन्धरले ३ विकेट हात पारे । म्याक्सोका लागि पिन्कु गुप्तले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

४ ब्याट्सम्यानले खाता नै नखोलि पवेलियन फर्किए । ४७ रनको झिनो लक्ष्य बालुवाटारले ७ दशमलव ४ ओभरमा २ विकेट खर्चेर पुरा ग¥यो । बालुवाटारका लागि सुभाष खकुरेलले ५ चौका प्रहार गर्दै नटआउट रहे भने रबिन जोशीले अविजित ७ रन योगदान दिए ।

भोली हुने सेमिफाईनलमा कोहलपुर युथ क्लब र तारा ताल क्रिकेट क्लब तथा रोयल स्पोर्ट्स क्लब र बालुवाटार क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com