बाघको छालासहित एक जना पक्राउ

नेपालगंज,
१३-माघ / बाँकेमा बाघको छालासहित एक जना पक्राउ परेका छन् । बाघको छालासहित कोहलपुरबाट जुम्ला कालिका ७ का नेत्र शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कोहलपुर नगरपालिका-५ बाट २ थान बाघको छालासहित शाहीलाई पक्राउ गरेको हो । महेन्द्रनगरबाट चितुवाको छाला ल्याउँदै गरेको अवस्थामा शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक दीपककुमार शाहीले जानकारी दिए ।
छालासहित शाहीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । आवश्यक प्रक्रिया पु-याएर जिल्ला वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।