TwitterFacebookGoogle+

ज्ञान र सिप बिनाको बिदेश यात्राले निम्त्याएको पिडा

  • Written by:

तुलसीपुर,
१२-माघ /  तुलसीपुर-५ नयाँ बसपार्कका किमराज घिमिरे पोल्याण्ड जाने र धेरै कमाउने आशामा आफुसंग भएको डेढ लाख रुपैया समेत गुमाउनु पर्‍यो। ‘साढे ४ लाखको लागतमा पोल्याण्ड जान आँटेको जान त परै जावस, डेढ लाखरुपैया सकियो मात्र ।’- घिमिरेले भने ।

RB Traders

सुरुमा त ६० हजार पारिश्रमिक हुने र पछि बड्ने र एउटा एउटा कार्ड पाइन्छ । त्यस कार्डले यूरोपका सबै ठाउं घुम्न पाउने आस्वाशन पाएर उनले म्ययानपावर कम्पनीको एजेन्टलाई साढे एक लाख रुपैया बुझाए । पछि उडौंला भन्दा भन्दै झण्डै सबै कुरा खुल्दै जाँदा उनीलगायत धेरै युवाहरु अलपत्र परे ।

‘सुरुमा त नेपालकै प्लेनबाट जाने हो भन्थे, पछि भारत भएर जाने भनेपछि हामीलाई शंका लागेर उसलाई पक्राउ गरायौं तर पनि गुमेको पैसा उठेन’-घिमिरेले भने । सुरुमा ४० हजार बुझाएका घिमिरेसहितका युवाहरुले अंग्रेजी लिपीको तर भाषा नबुझिने एउटा कागज देखाएर कलिङ भिषा भएको देखाउंदै  रकम असुले । उनीहरुले पनि पैसा ऋण सापटी गरेरै भएपनि बुझाए ।

पोल्याण्डको चक्करमा धोका खाएपछि फेरी उनी मलेसियामा पनि भनेको काम र पारिश्रमिक तथा अन्य खाने बस्नेसम्म नपाएर ती महिनामै फर्किन पर्‍यो । ‘१२ सय तलब र ८ घण्टा काम भनेर गएको त्यहाँ ८ सयमा १६ घण्टासम्म काममा खटिनु पर्‍यो तर खाना समेत उसैले अड्कलेर दिएको, पेटभरी खाना पनि नपाउने, आफ्नो झोलाको सिरानी हालेर चिसो भुंइमा रात काट्नु पर्‍यो, अनि फर्केर आयौं’-घिमिरेले दुखेसो पाखे ।

घिमिरेको बसाई मलेसियामा ३ महिना मात्र भयो । काम र कमाईको साथै खाने र सुत्नेको समेत व्यवस्था नभएपछि उनीहरु मलेसियास्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएको बताए ।

त्यसैगरी तुलसीपुरका अर्का युवा दीपक गिरी पनि यसैगरी ठगिनु परेको बताए । आफूलाई ठग्नेलाई पक्राउ गर्दा पनि मलाई पक्राउ ग¥यौ भने तिमिहरुको पैसा डुब्छ, २-४ दिनमा सबैकमे पैसा तिरिदिन्छु भन्दै भाग्न सफल भएका बताए । ‘आफूलाई ठग्नेलाई पक्राउ गर्दा पनि मलाई पक्राउ ग-यौ भने तिमिहरुको पैसा डुब्छ, २-४ दिनमा सबैको पैसा तिरिदिन्छु भन्दै भाग्न सफल भयो, हाम्रो पैसा सबै डुब्यो’-दिपक गिरीले भने ।

घरको अवस्था कमजोर र केहि आर्थिक अवस्था सुधार्न ऋण लिएर भएपनि बैदेशिक रोजगारीमा जान खोजेका गिरीलाई म्यानपावरका एजेन्टले ठगी गरेको बताए । ‘ऋण लिएर उसलाई दिएको पैसा पनि केहि तिरे पनि केहि तिर्न बाँकी रहेको छ’-पीडित दीपक गिरीले भने । त्यसैगरी तुलसीपुरकै अर्का युवाले पनि म्यानपावरका एजेन्टका मीठा कुरामा भुलेर र हतारिएर दुःख पाएको बताए । दिनेश डिसी आफ्नै चिनेजानेको र परिवारमा विश्वासिलो मानिएको एजेन्टलाई आधार मानेर बिदेश जाने सुरुमा थिए ।

‘उनले १५-२० दिनमै भिषा आउने भनेर परिवारमा विश्वास दिलाए तर पासपोर्ट र ५० हजार लिएका ४ महिना भइसक्यो, उनकै अत्तोपत्तो छैन, खाएर भागे कि ?’-डिसीले भने ।

मिघिरे, गिरी र डिसी त केहि प्रतिनिधि पात्र मात्र हुन् उनीहरु जस्ता सयौं युवाहरु यसरी नै नजिककै र चिनेजानेकै आफन्त म्यानपावरका एजेन्टहरुबाट ठगिएका छन् । छिट्टै भिषा आउने, काम र कमाई राम्रोलगायतका मीठा कुरामा भुलेर पारिवारिक अवस्थाका कारण बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेका युवाहरु ठगिनु परेको उनीहरुको ठम्याई छ ।

अनावश्यक प्रलोभन र बढी विशवास गर्नाले युवाहरुले यसरी धोका खाने तथा ठगिने गरेको जिल्ला विकास समिति दाङले सञ्चालन गरेको सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासन सामी परियोजना सूचना तथा परामर्श केन्द्रका संयोजक किरण पोख्रेलले बताए ।

साथै उनले आफू जाने योजनापूर्व बिस्तृत सहि सूचना लिएर मात्र अथवा बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्रमा सरसल्लाह गरेर मात्र प्रकृया अघि बढाउन आग्रह गरे । ‘अनावश्यक प्रलोभन र बढी विश्वास नगर्नुस, सबै कुरा बुझेर, सहि सूचना लिएर मात्र प्रकृया अघि बढाउनुस’-संयोजक पोख्रेलले भने ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com