TwitterFacebookGoogle+

अकुत सम्पत्ति कमाएको आरोपमा उच्च पदस्थ ६३ माथि अख्तियारको छानविन

काठमाडौ,
१३-माघ / अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ ।

नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितीय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो ।

एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलोपटक हो । अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैंक खाता तथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार अख्तियारको पत्रपछि देशभरका बैंक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com