TwitterFacebookGoogle+

मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी

  • Written by:

कोहलपुर,
१२-माघ /  सगरमाथा सिमेन्ट लायन्स कोहलपुर सिटि कप टि२० प्रतियोगिताको मंगलबार सम्पन्न २ खेलमा तारा ताल क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्रिकेट क्लब बिजयी भएका छन् ।

प्रस्तावित कोहलपुर अन्तरास्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा तारा ताल क्रिकेट क्लबले नेपाल टाइगर्स क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । यस्तै दोश्रो खेलमा रोयल स्पोर्ट्स क्लबले लिओ महाकालीलाई ७ विकेट अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।

कोहलपुर मैदानमा सम्पन्न पहिलो खेलमा तारा ताल बिरुद्ध नेपाल टाइगर्स बीचको खेलमा टस जितेर नेपाल टाइगर्सले पहिले फिल्डिंग गर्ने निर्णय गर्यो । पहिले ब्याटिंग गरेको तारा तालले २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै १२१ रन बनाएको थियो । तारा तालको लागि रास्ट्रिय क्रिकेट टोलिका समेत खेलाडी रहेका बिनोद भण्डारीले सर्बा्धिक ३४ रन तथा अर्का रास्ट्रिय क्रिकेटर नरेश बुधायरले २५ रन योगदान दिएका थिए ।

cri2यस्तै बलिंग तर्फ नेपाल टाइगर्सका सिद्धान्त राज शाहीले सर्बा्धिक ३ विकेट तथा अविनाश बोहरा र सुनिल सुनारले समान २ विकेट हात पारेका थिए । १२२ रनको लक्ष पछ्याउदै ब्याटिंग गरेको नेपाल टाइगर्सले पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेटको क्षेतीमा ११६ रन मात्रै बनाउन सक्यो र ५ रनको हार बेहोर्न पुग्यो । तारा तालको तर्फ बाट बलर राम बाबु गुप्ताले ४ विकेट हात पारेका थिए यस्तै ललित सिंह भण्डारीले २ विकेट आफ्नो नाम गरे ।

ब्याटिंग तर्फ नेपाल टाइगर्सका आयुष चित्राँसलले ३९ तथा अनुपम सिंहले २४ रन योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच राम बाबु गुप्ता घोषित भए जसलाई प्रतियोगिताका संयोजक तथा अन्तर्रा्ष्ट्रिय अम्पायर श्री मन्जुल भट्टराईले पुरस्कार प्रदान गर्नु भएको थियो । यस्तै मंगलबारनै सम्पन्न लियो महाकाली र रोयल स्पोर्ट्स नेपालगञ्ज बीच दोश्रो खेलमा टस जितेर लिओ महाकालीले पहिले ब्याटिंग गर्ने निर्णय गर्यो ।

निर्धा्रित २० ओभर ब्याटिंग गर्दै लियोले ८ विकेट नोक्सानीमा १२३ रन बनायो । लियोको लागि सुरेन्द्र चन्दले आउट नभई सर्बा्धिक २६ रन योगदान दिए भने नबजित सिंहले १६ र प्रकास थापाले १४ रन योगदान दिए । बलिंग तर्फ रोयल स्पोर्ट्सका निजामुद्दिन हलवाई, बसन्त रेग्मी र मोन्टी मोरियाले समान २ विकेट हात पारे । प्रतिउत्तरमा १२४ रन लक्ष पछ्याएको रोयल स्पोर्ट्स क्लबले १६.५ ओभरमा ३ विकेट मात्रै गुमाई लक्ष पुरा गर्यो र ७ विकेटको विजय आफ्नो नाम गर्यो ।

रोयल ब्याट्सम्यान शुबेन्दु पाण्डेले अविजित ६१ रनको इनिंग खेलेका थिए जसमा ८ चौका र २ छक्का सामेल थियो । यस्तै अफाक सेखले ३८ रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए जसलाई जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष दिपक जीएमले पुरस्कार प्रदान गर्नुभएको थियो ।

 प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेलमा सुर्खेत क्रिकेट क्लब र रोयल स्पोर्ट्स क्लब बीच हुनेछ भने दोश्रो खेलमा बालुवाटार क्रिकेट एकेडेमी र धनगढी क्रिकेट एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com