TwitterFacebookGoogle+

निर्णय नसच्चिए महासंघबाट युनियन बाहिरिन्छ : सिक्देल

  • Written by:

प्रियास्मृति ढकाल, 
८-माघ /  नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको नाममा स्थापित आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट सरकारले भट्टराईको नाम हटाउन लागेको विरोधमा नेपाल प्रेस युनियन बाँकेले स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएको छ ।

प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको उपस्थितीमा बाँके शाखा अध्यक्ष जयनारायण शाहले प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकमार्फत उक्त ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापन पत्रमा भनिएको छ,–‘सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको, प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएकोमा युनियन घोर भत्र्सना गर्दछ ।’

मुलुकभरका आमसंचारकर्मीको भावनालाई मध्यनजर गर्दै सरकारले लिन थालेको सो निर्णय तत्काल सच्याउन माग गर्दै अन्यथा, बाध्य भएर आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

‘पत्रकार महासंघले समेत स्व.भट्टराईलाई आफ्नो पहिलो सभापतिको रूपमा सम्मान दिनुका साथै केन्द्रीय समितिद्वारा प्रकाशित स्मारिकामा समेत स्व. भट्टराईलाई पहिलो सभापतिका रुपमा चित्रित गरिएको सर्वविदितै छ, सरकारले प्रतिष्ठानको नाम संशोधन गरी उहाँको नाम हटाए प्रजातन्त्रका धरोहर स्व. भट्टराईप्रति अपमान हुने मात्र होइन, सिंगो पत्रकार महासंघकै इतिहास मेटिने दिशामा जानेछ भन्ने हाम्रो निष्कर्ष छ,’ ज्ञापन पत्रमा अगाडी भनिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको, प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखिएको युनियनको ठहर छ ।

जिल्ला प्रशासनमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष सिग्देलले राजनीतिक पुर्वाग्रहीका आधारमा वर्तमान सरकारले पत्रकार महासंघका संस्थापक सभापति भट्टराईको नाम हटाउन लागेको भन्दै निर्णय नसच्याउँदा सम्म युनियनले दवाव मुलक कार्यक्रम जारी राख्ने चेतावनी दिए ।

संस्थापक अध्यक्षको नाम प्रतिस्ठानबाट हटाउनमा सरकार मात्र नभएर पत्रकार महासंघकै केही पदाधिकारीको पनि भूमिका रहेको जिकिर गर्दै अध्यक्ष सिग्देलले भने–‘पत्रकार महासंघ नेतृत्वले यो विषयलाई गम्भिरता पुर्वक नलिए नेपाल प्रेस युनियन महासंघबाट बाहिरिन बाध्य हुनेछ ।’ युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले प्रतिष्ठानको नाम संशोधन गरी नाम हटाए प्रजातन्त्रका धरोहर स्व. भट्टराईप्रति अपमान हुने मात्र नभएर सिंगो पत्रकार महासंघकै इतिहास मेटिने खतरा औल्याए ।

निर्णय नसच्याउँदा सम्म युनियनले केन्द्रिय कार्यक्रम अनुसार दवाव दिइरहने बताए । सो अवसरमा प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रियाशिल पत्रकार महिला, अवधी पत्रकार संघ लगायत विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनीधि सहभागि भएका थिए । ज्ञापन पत्र बुझिसकेपछि प्रजिअ लेखकले आफुले तत्कालै प्रधानमन्त्री कार्यालयमा फ्याक्स मार्फत पठाइदिने प्रतिवद्धता जनाए ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com