सुर्खेतमा सुन चोरी गर्ने जाजरकोटमा पक्राउ
जाजरकोट,
१५-माघ / सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीबार पक्राउ परेका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधबार बिहान चोरी गर्ने सुर्खेत छाप्रे-६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मगरका साथबाट एक थान औँठी र रु १५ हजार बरामद गरेको छ । श्रेष्ठको घरबाट एक तोलाको मङ्गलसुत्र, १२ आनाको बाला र एक आनाको औँठी चोरी भएको प्रहरीले बताएको छ । रासस