तुलसीपुर,
१८ वैशाख / दाङको तुलसीपुरमा तीन वटा बच्चा मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेटको कारमा बच्चा मृत फेला परेका हुुन् ।
उनीहरुलाई शनिबार साँझफेला पारिएको हो । त्यहाँ केही दिन अघि नै ट्रक राखिएको स्थानीय बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
घटना कसरी भयो ?, बच्चा कहाँबाट ल्याईयो, कार कहाँबाट ल्याएको लगायतका विषयमा अनुसन्धान भइरहेको छ ।