तुलसीपुर,
४-असोज / दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टले सोमबारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।
लकडाउनको कारणले रोकिएको हवाई सेवा सोमबारदेखि सुरु गर्ने तयारी रहेको नेपाल एयरलाइन्सका तुलसीपुर प्रमुख निमकान्त लम्सालले बताए ।
उनका अनुसार यात्रुहरुको संख्यामा बृद्धि भएमा भने उडान थप्ने सकिने छ । सबै सिटमा यात्रु राखेर उडान भरिने उनको भनाई छ । अहिले १३ सिट क्षमता भएकार जहाज आउछ ।
जहाजको दाङ्ग-काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ ।