३ असोज/ नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६२ हजार सात सय ९७ पुगेको छ । गएको २४ घण्टामा १० हजार तीन सय ३३ जनाको पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

Comments