TwitterFacebookGoogle+

प्रदेश ५ का प्रहरी कार्यालयद्वारा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

  • Written by:

तुलसीपुर,
३२ साउन/ प्रदेश नं. ५ का प्रमुख तथा प्रहरी नायब महानिरीक्षक रविन्द्र कुमार धानुकले मातहतका १७ कार्यालयका प्रमुखहरुलाई कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराएका छन् । आईतबार प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटै जिल्लाका प्रहरी कार्यालयहरु तथा नेपाल प्रहरी स्कूल घोराही दाङका १७ वटा कार्यालयका प्रमुखहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा प्रमुख धानुकले प्रदेशका नागरिकको शान्ति शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणका लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास गर्न निर्देशन दिएका छन् । त्यस्तै आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रित प्र्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न निर्देशन दिए ।

उनले वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिए । कोभिड–१९ महामारीको समय रहेकोले अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि प्रहरी अधिकृतलाई निर्देशन दिए ।

साथै उनले कार्य सम्पादन सम्झौता अनुरुप लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न निर्देशन दिए ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com