TwitterFacebookGoogle+

कोरोना आईशोलेसन वार्डको अनुगमन

  • Written by:

नेपालगन्ज
३० साउन/  नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा स्थापना गरिएको कोरोना जांच प्रयोगशाला र नयां संचालनमा आउदै गरेको कोरोना आईशोलेसन वार्डको अनुगमन गरिएको छ ।

बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङ्ग र नेपालगंज उपमहानगरपालिका का उप–प्रमुख उमा थापा मगर लगायतको टोलीले शुक्रवार सो स्थानको अनुगमन गरेका हुन ।

भेरी अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आईसोलेशन केन्द्रको तयारीवारे भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, मेडिकल सुपरिटेन्डेण्ट डा। प्रकाश थापा र वरिष्ठ चिकित्सक डा। श्याम सुन्दर यादवले जानकारी गराएका थिए ।

साथै कोरोना परिक्षण ल्यावको समेत अनुगमन गरि ल्यावमा खट्ने कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी कुरूम्वाङ्ग र उपमेयर थापाले २४ घण्टाको उर्जाशिल खटाई, पेशाप्रतिको निष्ठा, मातृभुमिप्रतिको कर्तव्यवोध देख्दा उनीहरूको मनोवल उच्च भएको जिकिर गरे ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com