TwitterFacebookGoogle+

प्रदेश एक्स्पो: गन्दर्भसंगै कलाकारको प्रस्तुती

  • Written by:

तुलसीपुर
११ फागुन/ प्रदेश नं. ५ ले दाङको बेलझुण्डीमा आयोजना गरेको एक्स्पोमा आईतबार गन्दर्भ समुदायको प्रस्तुति राखिएको थियो । प्रदेश नं. ५ का करिब ७० जना गन्भर्दहरुले आफ्नो पहिचान सारंगीको धुन प्रस्तुत गरेका थिए । दिनभर थारु, थाल नाच, झुमा नाच, लठ्ठी नाच, कौडा तथा टप्पा नाच प्रस्तुत गरिएको थियो । आईतबार सिर्जु अधिकारी, कोमल ओली, कमल गाउँले लगायतले प्रस्तुती राखेका थिए । साथै विभिन्न सचेतनामुलक नाटक पनि प्रस्तुत गरिएको थियो । साथै सोमबार प्रदेशका बिभिन्न मन्त्रालयहरुले आफ्नो सेवाका बारेमा प्रस्तुती राख्नेछन् ।

प्रदेश सरकारको मन्त्रालयहरुले गरेका दुई बर्षे कामको नागरिकलाई प्रत्यक्ष जानकारी, जिल्लामा उत्पादित बस्तु र सेवाको बारेमा एक्स्पोमा सहभागीहरुले एकै थलोबाट सबै जानकारी र सेवा दिईएको छ । एक्स्पोमा दाङका पालिकाहरुमा रहेका संघसंस्थाहरुले आफ्ना उत्पादनको बजारीकरण गरिरहेका छन् भने अरु जिल्लाबाट आएका संघसंस्थाहरुले पनि जिल्लाको पहिचान दिने बस्तु बारे जानकारी र बिक्री गर्ने काम भइरहेको छ । साथै एक्स्पोको सोमबार नै समापन गरिने भएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com