TwitterFacebookGoogle+

दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेसंगै नेपालीलाई सचेत रहन दुतावासको आग्रह

  • Written by:

काठमाण्डौ
११, फागुन /दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । अहिले कारियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो ।

दक्षिण कोरियामा शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना संक्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा थप संक्रमण भएर संक्रमितको संख्या चार सय ३३ पुगेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । कोरियामा कोरोनाको संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिसहरु निस्कन छाडेका छन् । त्यस्तै, कोरोना भाइरसको संक्रमण भएको शंका लागेमा दक्षिण कोरियामा अवैधानिक रुपमा बसेका नेपाली नागरिकले समेत सार्वजनिक स्वास्थ्य क्षेत्रमा गएर जाँच गर्न र उपचार गराउन सक्ने छन् ।

अवैधानिक हैसियतमा बसेको भए पनि जाँच गर्दा वा उपचार गर्दा कानुनी हैसितबारे नसोध्ने, पक्राउ नगर्ने र स्वदेश फर्काउने छैन । कोेरियाको अध्यागमन विभागले अस्पताललाई बिरामीको कानुनी अवस्थाबारे नसोध्न पत्राचार गरिसकेकोले ढुक्क भएर जाँच र उपचार गराउन दूतावासले अनुरोध गरेको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com