TwitterFacebookGoogle+

भ्रमण बर्षलाई सफल बनाउन बिभिन्न स्थानमा ‘होमस्टे’

  • Written by:

तुलसीपुर
१५ पुस/ दाङको तुलसीपुर उपमहानगरपालिकाले भ्रमण बर्ष २०२० लाई सफल बनाउनकालागि बिभिन्न स्थानमा होमस्टे सञ्चालनमा ल्याएको छ ।

विभिन्न जाति र समुदायका व्यक्तिहरुबाट सञ्चालन गरिएका होमस्टेहरुमा पर्यटकहरुलाई स्थानीय साँस्कृतिक प्रस्तुतिका साथमा परिकारहरु समेत खुवाईने व्यवस्था गरिएको छ ।

अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को वटोलपुर, वडा नं. ७ पर्सेनी कुमाल गाउँ, वडा नं. ३ को राम्री धामा , वडा नं. १९ को छिल्लीकोटलगायतका स्थानमा होमस्टे सञ्चालनमा ल्याइएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

‘हामीले भ्रमण बर्ष २०२० लाई सफल बनाउन होमस्टे सञ्चाललनमा ल्याउन थालेका छौं’ उहाँले भन्नुभयो‘ होमस्टेले सञ्चालनमा ल्याएर स्थानीय खाना खुवाउने, स्थानीय कला संस्कृति देखाउने छौं, यसले पर्यटकलाई आकर्षण गर्नेछ ।’

साथै तुलसीपुरको गणेशपुर पार्क, चमेरे गुफालगायतका ठाउँमा पनि तयारी भइरहेको छ । पर्यटकहरुलाई घुम्न सहज होस् भन्नका लागि उपमहानगरपालिकाले सहयोग डेस्कको समेत व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले भ्रमण वर्ष लक्षित गरेर तिन खालका कार्यक्रमलाई केन्द्रमा राखेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । नगरप्रमुख पाण्डेका अनुसार प्रचारप्रसार, पर्यटकीय केन्द्रको भौतिक सुधारका साथै पर्यटकहरु रमाउने संरचना निर्माणमा उपमहानगरपालिकाले योजना अगाडि वढाएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com